प्रमुख इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीलाई आफ्नो सञ्चालक समितिमा स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको छ।>
>
बैंक तथा वित्तीय क्षेत्रमा आफ्नो विशेषज्ञता र व्यापक अनुभवका लागि परिचित क्षेत्री कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार भायानेटको बोर्डमा आबद्ध भएका हुन्।>
क्षेत्रीले सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट आफ्नो विशिष्ट करियर सुरु गरेका थिए। उनको करियरमा नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र बैंक अफ एशियामा वरिष्ठ पदहरूको अनुभव पनि समावेश छ।>
उनले जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि सम्हालेका छन्। क्षेत्रीले सन् २०२० मा ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश लिएका थिए।>
भायानेट कम्युनिकेशन लिमिटेडले परशुराम कुँवर क्षेत्रीलाई बोर्डमा स्वागत गर्दै, उनको तीन दशकभन्दा बढीको विविध अनुभवले कम्पनीलाई आगामी दिनमा अझ सशक्त र दिगो विकासतर्फ डोर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।>>>