सुनसरी । पत्रकार सुबिन विश्वकर्मा सम्मानित भएका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिकाले आफ्नो १८ औं नगर सभामा विश्वकर्मालाई नगदसहित सम्मान गरेको हो।>
अहिले काठमाडौंमा रहेर पत्रकारिता गरिरहेका पत्रकार विश्वकर्मा रासस, उकेरा, सुत्रटिभी हुँदै नेपाल टाइम्समा कार्यरत छन्। >
आर्थिक, सामाजिक, सांस्कृतिक लगायत समग्र विकासका गतिविधिलाई सञ्चार माध्यममार्फत जनतासम्म पुर्याउन भूमिका खेलेकोमा सम्मान गरिएको नगरपालिकाले जनाएको छ। >
किनभने मोफसलमा रहँदा उनले रेडिओ, अनलाइन पोर्टल, दैनिक पत्रीका गरि दर्जन बढी मिडियामार्फत् सुशासन र सामाजिक न्यायको लागि काम गरेका छन्। >
७ वर्षअघि, भ्रष्टाचार, अनियमितता र बेथितिको विरूद्व कलम चलाउँदै गर्दा जनप्रतिनिधिद्वारा 'अपहरण'मा परेपछि उनी चर्चामा आएका थिए।>
नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला कार्यसमिति सदस्य भइसकेका विश्वकर्मा बराहक्षेत्रकै ग्रामीण पत्रकार समूहका सचिव हुन्। करिब एक दशक पत्रकारिता गरेका उनले पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरिरहेका छन्।>>