सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. ४ बाट खुलातर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा रमेश कार्कीले उम्मेदवारी घोषणा गरेका छन्।>
सुनसरी क्षेत्र नं. ४ का सचिब र बराहक्षेत्र नगरपालिकाको सभापति भएर संगठनको नेतृत्व गरिसकेका कार्कीले संगठनप्रतिको जिम्मेवारी, सहकार्य र प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै उम्मेदवारी दिएको बताएका छन्।>
क्षेत्र नं. ४ का क्षेत्रीय प्रतिनिधि, नवनिर्वाचित वडा, गाउँपालिका तथा नगर सभापति, अग्रज नेतागण तथा सम्पूर्ण क्रियाशील सदस्यलाई सम्बोधन गर्दै कार्कीले भनेका छन्, “यहाँहरूको मन, मत र विश्वास नै मेरो शक्ति हो।”>
उनले आफ्नो उम्मेदवारीलाई संगठन सुदृढीकरण र कांग्रेसभित्र सहकार्यको प्रतिनिधित्व गर्ने संकल्पका रूपमा प्रस्तुत गर्दै अमूल्य मत, साथ र विश्वासका साथ विजयी गराउन अपिल गरेका छन्।>
>>