सुनसरी । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी प्रमिला तिम्सिनाले मतदातासमक्ष आफुलाई मतदान गर्न आग्रह गरेकी छन्।>
संस्थाको सञ्चालक समिति निर्वाचन असोज १० गते हुने जनाइएको छ। निर्वाचनलाई लक्षित गर्दै तिम्सिनाले आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आग्रह गर्दै “योग्यलाई मत, सहारा नेपालको समुन्नत भविष्य” भन्ने सन्देश अघि सारेकी छन्।>
निर्वाचनमा महिला सदस्यतर्फ उम्मेदवारी दिएकी तिम्सिनाले संस्थाको विकास, सदस्यको हित र जिम्मेवार नेतृत्वका लागि आफूलाई मतदान गर्न मतदातालाई आग्रह गरेकी हुन्।>
तिम्सिना सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। उनको स्थापनाकालदेखि नै यसको श्रीवृद्धि र विकासको लागि अतुलनीय योगदान दिदै आएको परिवार रहेको छ। प्रमिला तिम्सिना र वहाँको श्रीमान रुपक दाहाल दुवै क्याम्पस/ कलेजमा प्राध्यापन पेशामा आबद्ध रहेको छ । >
समाजशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन् भने हाल कानुन विषयमा एलएलबी दोस्रो वर्षमा अध्ययनरत रहेको छ । >
उनी विर्तामोड नगरपालिकाभित्र उत्कृष्ट बुहारीका रूपमा सम्मानित समेत भएको छ भने उनलाई मेहनती र इमानदार उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ।>
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेको आफ्नो उम्मेदवारीलाई मतदानमार्फत समर्थन गर्न तिम्सिनाले आग्रह गरेकी हुन्।>>