इनरुवा । हरिनगर गाउँपालिका–४ स्थित अल बरकात दावातुल इस्लाम नेपालको ९औँ साधारणसभाबाट नयाँ कार्यसमिति गठन गरिएको छ।>
साधारणसभाले सद्दाम अन्सारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा तबसुम खातुन, सचिवमा नासरिन खातुन, सह–सचिवमा रोशन खातुन र कोषाध्यक्षमा जमसिदा खातुन चयन हुनुभएको छ।>
त्यस्तै, सदस्यहरूमा नजमुद्दिन अन्सारी, अब्दुल मोमिन शेख, नसीम अन्सारी, अफजल अन्सारी, मोलिम अन्सारी र सहारुन निसा चयन हुनुभएको छ।>
नवनिर्वाचित कार्यसमितिले संस्थालाई थप चलायमान, व्यवस्थित र सेवामुखी बनाउँदै विपन्न, असहाय तथा समस्यामा परेका परिवारको सहयोगमा सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ।>
कार्यक्रममा हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले संस्थालाई इमानदारी र पारदर्शिताका साथ अघि बढाउन आग्रह गर्दै सामाजिक सेवाका कार्यमा गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।>
>>