सुनसरी–४ ‘ख’ सभापतिमा असफाक, सचिवमा रवीन्द्र विजयी

Jasus Khabar 3970+ समाचार ( )
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. ४ ‘ख’ प्रदेश कार्यसमितिको सभापतिमा असफाक आलम अन्सारी विजयी भएका छन्। त्यस्तै, सचिव पदमा रवीन्द्र कुमार मेहता निर्वाचित भएका छन्।
१२ अशोज २०८३

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. ४ ‘ख’ प्रदेश कार्यसमितिको सभापतिमा असफाक आलम अन्सारी विजयी भएका छन्। त्यस्तै, सचिव पदमा रवीन्द्र कुमार मेहता निर्वाचित भएका छन्।

भोक्राहा नरसिंहमा सम्पन्न निर्वाचनमा कुल ५४३ मतदाता मध्ये ४९१ मत खसेको थियो। मतगणनाका क्रममा १० मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

सभापति पदमा असफाक आलम अन्सारीले २७९ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी राजकिशोर मण्डलले १८९ मत प्राप्त गरे।

त्यस्तै, सचिव पदमा रवीन्द्र कुमार मेहताले २९४ मत प्राप्त गरी विजयी भएका छन् भने भीमराज मण्डलले १४५ मत प्राप्त गरे।

सभापतिमा अन्सारी र सचिवमा मेहताले उल्लेख्य मतान्तरसहित जित हासिल गरेका हुन्। निर्वाचनको अर्को चरणमा प्रदेश खुला सदस्य पदको मतगणना हुने जनाइएको छ।

प्रतिक्रिया