इटहरीका पूर्वप्रमुख द्वारिकलाल चौधरीलाई कारबाही गर्ने एमालेको तयारी

Jasus Khabar 3942+ समाचार ( )
२७ श्रावण २०८२

इटहरी उपमहानगरपालिकाका पूर्वप्रमुख द्वारिकलाल चौधरीलाई एमालेले कारबाही गर्ने तयारी गरेकाे छ ।

पार्टीकाे काेशी प्रदेश कमिटी सदस्य रहेका चाैधरीलाई यसअघि साेधिएकाे स्पष्टीकरणकाे जवाफ नदिएपछि कारबाही गर्न लागिएकाे पार्टीका एक नेताले जानकारी दिए ।

उनलाई काेशी कमिटी अध्यक्ष घनश्याम खतिवडाले दाेस्राेपटक २ वैशाख २०८२ मा स्पष्टीकरण साेधेका थिए । पहिलाेपटक २० मंसिर २०८१ मा साेधिएकाे स्पष्टीकरणकाे कुनै जवाफ नआएपछि चाैधरीलाई ९ चैत २०८१ मा बसेकाे काेशी प्रदेश कमिटीकाे सचिवालय बठकले प्रदेश सदस्यबाट मुक्त गरेकाे थियाे ।

उनीमाथि २७ कात्तिक २०८१ देखि विभिन्न समयमा एमाले काेशी प्रदेश कमिटीका खानेपानी तथा सरसफाइ विभाग सचिव रामप्रसाद चाैलागाईंविरूद्ध सामाजिक सञ्जाल र भ्वाइसकलबाट गालीगलाैज गरेकाे आराेप छ ।

२० मंसिर २०८१ मा साेधिएकाे स्पष्टीकरणमा पाँच दिनभित्र लिखित जवाफ दिन भनिएको थियो । उनले अहिलेसम्म जवाफ नदिएकाे हुँदा संगठनले कारबाही गर्ने तयारी गरेकाे हाे ।

प्रतिक्रिया