जासुस संवाददाता, काठमाडाैँ ।>
नेपालबाट हज्ज यात्रामा आज पाँचाैँ दिन रास्वापा नेता ई. माेहम्मद अयुब काठमाडाैँबाट साउदीतर्फ प्रस्थान गरेका छन् । >
>
त्रिभूवन विमानस्थल काठमाडाैँमा उनलाई रास्वपाका मनिष झा, हरि ढकाल र गणेश पराजुली लगायतका नेताहरूले माला लगाइदिएर विदाइ गरे । उनलाई विदाइ गर्न पूर्वमन्त्री माेहम्मद जाकिर हुसैन, इस्लामी संघका अध्यक्ष नजरुल हसन फलाही, अल हेरा एजुकेशनल साेसाइटीका अध्यक्ष खुर्शिद इस्लाही विमान स्थल पुगेका थिए । उनलाई सयाैँ आफन्त र इष्टमित्रले विमान स्थलमा विदाइ गरे ।>
>
हज्जकाे लागि साउदीतर्फ प्रस्थान गर्ने क्रममा ई. अयुबले आफूले इस्लामकाे पाँचाैँ स्तम्भ हज अदा गर्ने अवसर जुरेकाेमा आफूलाई भाग्यमानी ठानेकाे र हज्जकाे दाैरानमा आफूले पवित्र मक्का र मदीनामा नेपाल र नेपालीका लागि प्रार्थना गर्ने बताए । >
>
बारावासी ई. अयुब आफ्नी पत्नी सहित हज्जका लागि प्रस्थान गरेका छन् । उनी विमान स्थल आउँदा नेपाली झण्डा ओढेका थिए । उनले साउदी अरबमा नेपालकाे राष्ट्रिय ध्वजा फहराएर नेपालकाे पर्यटन विकासकाे लागि प्रचार गर्ने बताए ।>>