इनरुवा । हरिनगर गाउँपालिका–४ स्थित नवजोश कृषि सहकारी संस्था लिमिटेडको १०औँ साधारणसभाबाट नयाँ सञ्चालक समिति गठन गरिएको छ।>
साधारणसभाले साजिद अन्सारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा मेराज अन्सारी, सचिवमा फरयाद अन्सारी र कोषाध्यक्षमा अबरार अन्सारी चयन हुनुभएको छ।>
त्यस्तै, सदस्यहरूमा सबरुन खातुन, याकुब मियाँ, अफजल अन्सारी, माजिद अन्सारी र आजाद अन्सारी चयन हुनुभएको छ।>
नवनिर्वाचित कार्यसमितिले सहकारीलाई थप चलायमान, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै कृषि तथा सहकारी क्षेत्रको विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने जनाएको छ।>
कार्यक्रमका प्रमुख अतिथि हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले सहकारीलाई इमानदारी र पारदर्शिताका साथ सञ्चालन गर्न आग्रह गर्दै गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।>