इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा दुई यादव समूहबीच झडप हुँदा २४ वर्षीय निरज कुमार यादव घाइते भएका छन्। पुठ्ठामा चोट लागेका यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णु कुमार यादव र २६ वर्षीय लाली भन्ने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।>
यसैबीच, घटनाबारे सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा ‘गोली प्रहारबाट मृत्यु र घाइते’ भएको भन्दै भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै प्रहरीले यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।>>