विकसित पछिल्लो घटनाक्रम र साम्प्रदायिक तनावप्रति गम्भीर दुःख व्यक्त गर्दै सबैलाई संयमित हुन र सामाजिक सद्भाव नबिथोल्न आग्रह गरेका छन् ।>
>
>
>
सुनसरीमा सामान्य विषयबाट सुरु भएको विवादले उग्र रूप लिँदा नागरिकको ज्यान गएको र समाजमा त्रास फैलिएको भन्दै उनले यस्तो अवस्था मानवताका लागि स्वीकार्य नहुने टिप्पणी गरेका छन् ।>
प्रधानमन्त्रीले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । पीडित परिवारलाई सरकारले चाँडोभन्दा चाँडो न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउने उनकाे भनाइ छ ।>
>
>
>
`एउटा नागरिकका रूपमा म सुनसरीको घटनाबाट अत्यन्तै दुखी छु । दोषीलाई कानुनबमोजिम कारबाही गरिनेछ र पीडितलाई न्याय सुनिश्चित गरिनेछ,´ उनले भनेका छन् ।>
>
>
>
प्रधानमन्त्री शाहले प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान गएको विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताएका छन् । सुरक्षा निकायको उपस्थितिले मात्र स्थिति नियन्त्रणमा लिन पर्याप्त नभएको स्वीकार गर्दै उनले भनेका छन्, `सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्नु कुनै पनि हालतमा सामान्य कुरा होइन । यसको छानबिन सुरु भइसकेको छ र दोषी पाइएमा कानुनबमोजिम कारबाही हुनेछ ।´>
समाजमा व्याप्त उत्तेजना, आक्रोश र बदलाको भावनालाई त्याग्न आग्रह गर्दै प्रधानमन्त्रीले अहिलेको प्राथमिकता शान्ति स्थापना हुनुपर्नेमा जोड दिएका छन् ।>
उनी भन्छन्, `मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो । सरकारले आफ्नो पूरा शक्ति लगाएर न्याय दिनेछ, त्यतिन्जेलसम्म सबैले आफ्नो आक्रोश र उत्तेजनालाई नियन्त्रण गरिदिनुहोला ।´>
प्रधानमन्त्रीले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट मानिसहरूलाई उत्तेजित पार्ने काम नगर्न पनि सचेत गराएका छन् ।>>