काभ्रेमा भेटियाे बम, भाेलिमात्रै निष्क्रिय पारिने

Jasus Khabar 3942+ समाचार ( )
२६ भाद्र २०८२

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ नयाँ बस्तीमा बम भेटिएको छ । नयाँ बस्तीको ध्यानकुटी बिहार भित्रको चोकमा बुधबार बम भेटिएको जिल्ला प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।

बनेपा ९ मा नयाँ बस्तीमा फेला परेको सकेट बम प्राविधिक कारण भोलि बिहान मात्रै निष्क्रिय पारिने छ । रातभर सेना र प्रहरीले सुरक्षा दिनेछन् । बस्तीको बिचमा भएकाले बम डिस्पोज गर्न समस्या भएको बताइएको छ ।


प्रतिक्रिया