कोशीमा पासो लगाई आत्महत्याको प्रयास

Jasus Khabar 3958+ समाचार ( )
१८ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–२ राम टोलमा एक पुरुषले पासो लगाई आत्महत्याको प्रयास गरेका छन्।


बुधबार ५१ वर्षीय हरेराम रामले आफ्नै घरको सुत्ने कोठामा प्लास्टिकको डोरीको सहायताले बाँसको बलोमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन्।


निजलाई सबैभन्दा पहिले आमाले झुण्डिएको अवस्थामा फेला पारिन्। तत्काल डोरी काटी उनलाई उपचारका लागि जिल्ला अस्पताल सुनसरी ईनरुवामा लगिएको र त्यहाँबाट थप उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार घाइतेको अवस्था गम्भीर रहेको र हाल बोल्न सक्ने स्थिति नरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ।

प्रतिक्रिया