पशुपति क्षेत्रमा ऐतिहासिक लाखे झ्यालिन्छ नाच सुरू

Jasus Khabar 3942+ समाचार ( )
१४ श्रावण २०८२

पशुपति क्षेत्रमा विगत लामो समयदेखि रोकिएको ऐतिहासिक लाखे झ्यालिन्छ नाच श्रावण शुक्ल पञ्चमीदेखि सुरू भएको छ ।

जयवागेश्वरी, देवपत्तनमा ऐतिहासिक लाखे झ्यालिन्छ नाचको पुनरुत्थान गरिएको भण्डार तहविलका द्वारे रामकृष्ण डंगोलले बताए । उनले लामो समयदेखी रोकिएको नाचको स्थानीय संस्कृति तथा सम्पदाप्रेमीहरूको सक्रियताबाट पौराणिक र नेवारी संस्कृति झल्काउने नाचलाई पुनर्जीवन दिइएको बताए ।

श्रावण शुक्ल पञ्चमीदेखि भाद्र कृष्ण सप्तमीसम्म १७ दिन यो नाच सञ्चालन हुनेछ । पशुपति क्षेत्रमा प्रस्तुत गरिने लाखे नाचले भूतप्रेत नलागोस्, मरेका आत्माले दुःख नदिऊन् र मृतकको आत्माले चिरशान्ति पाओस् भन्ने कामनाका साथ स्थानीयहरूको अनुरोधमा घर–घरमा समेत प्रदर्शन गरिने प्रचलन रही आएको छ ।

विगतमा लामो समयदेखि रोकिएको ऐतिहासिक परम्परा केही वर्ष अगाडिबाट सुरूवात भएको हो । यो परम्परालाई निरन्तरता दिने कामपा ८ का वडाअध्यक्ष आशामान संगत, स्थानीयवासी, संस्कृति तथा सम्पदा प्रेमीहरूको प्रतिबद्धता रहेको छ ।


प्रतिक्रिया