'जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिइसक्यो, संसदीय दलले आधिकारिक निर्णय गर्न मात्रै बाँकी हो'

Jasus Khabar 3942+ समाचार ( )
१३ आषाढ २०८२

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको सोही पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन्। अब संसदीय दले आधिकारिक निर्णय गर्न मात्रै बाँकी रहेको उनले बताए।

'पार्टीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसक्यो। अब सङ्घीय सरकारलाई दिएको समर्थन पनि छिट्टै फिर्ता लिनुपर्छ भन्ने हो,' बस्नेतले नागरिकसँग भने, 'समर्थन फिर्ता लिइसकिएको जस्तो हो। संसदीय दलले आधिकारिक निर्णय गर्न मात्रै बाँकी हो।'

गत असार ७ र ८ गते बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्णत: असफल भइसकेको उल्लेख गर्दै समर्थन फिर्ता लिने निष्कर्ष निकालेको थियो। बैठकले समर्थन फिर्ता लिनेबारे आधिकारिक निर्णय गर्नका लागि पार्टीको संसदीय दललाई दिएको थियो। त्यसअनुरूप अब चाँडै निर्णय हुने बस्नेतले बताए।

मुख्यत: संविधान संशोधन, सुशासन कायम र भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न नसकेको पार्टीको निष्कर्ष रहेको उनले बताए। जसपा नेपालले शुक्रबार (आज) मात्रै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।

यो पनि पढ्नुहोस्

जसपा नेपालले लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

प्रतिक्रिया