जेनजी आन्दोलनमा भएका क्षतिको बीमा दाबी रकम २३ अर्ब बढी

Jasus Khabar 3962+ समाचार ( )
२३ अशोज २०८२

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार ९९ वटा बीमा दाबीको करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ दाबी रकम रहेको तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राधिकरणमा प्राप्त भएको हो ।

निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को सङ्ख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार