इरानबाट मिसाइल प्रहार भएसँगै करिब ४ लाख नेपाली भएको कतारमा त्रासको माहोल

Jasus Khabar 3942+ समाचार ( )
९ आषाढ २०८२

काठमाडौँ । करिब ४ लाख नेपाली कार्यरत कतारमा इरानको तर्फबाट मिसाइल प्रहार भएसँगै त्रासको माहोल सिर्जना भएको छ ।  इरानबाट कतारको सनैयामा रहेको अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरिएको अन्तरार्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

यद्यपि अमेरिकी सेनाले उक्त हमलालाई सफलतापूर्वक आकाशमै निष्क्रिय पारेको समाचारहरुमा उल्लेख छ। प्रत्यक्षदर्शीहरुका अनुसार अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै इरानतर्फबाट ५० भन्दा बढी मिसाइल प्रहार भएको थियो । 

स्थानीय समय अनुसार सोमबार साँझ करिब ७ः५५ बजे भएको उक्त घटनापछि कतारमा रहेका आफूहरुमा त्रासको वातावरण सिर्जना भएको एक नेपालीले बताए । घटनालगत्तै कतारी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय उडानहरू अस्थायी रुपमा बन्द गरिएको घोषणा गरेको छ । 

Laxmi sunrise bank 2034

एक नेपाली प्रत्यक्षदर्शीका अनुसार, राति इरानबाट आएको रकेट आउँदा निकै ठुलो आवाज आएको थियो । दोहामा बस्ने ती नेपालीका अनुसार भूकम्पमा आउने आवाज जसरी आवाज आएको थियो । ‘साँझपख आकाशमा ठूलो आवाजसहित ५० भन्दा बढी झिल्काहरू देखिए, तारा खसे जस्तो’, उनले भने, ‘निकै ठूलो आवाज आयो, भूकम्प गएजस्तै। बम खसेको त छैन, माथि नै डिस्पोज गरियो।’

घटनालगत्तै कतारको हवाई क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। हवाइ उठान बन्द भएसँगै नेपालमा उडान हुने कतार एअरवेज, नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स लगायतका कुनै पनि व्यावसायिक उडानहरू अर्को सूचना जारी नभएसम्मका लागि  बन्द गरिएका छन्। कतारका कार्यरत सुरेस भट्टका अहिले हवाइ कतारको आकाशलाई खुला बनाइएको छ ।

यो घटनाले कतारमा रहेका सर्वसाधारण, विशेषगरी ठूलो संख्यामा रहेका नेपालीमा बेचैनी पैदा गरेको उनको भनाइ छ । नेपाली दूतावास कतारका अनुसार उक्त देशमा करिब ४ लाख नेपाली कार्यरत रहेको अनुमान छ।

घटनापछि कतारका केही प्रमुख बजार क्षेत्रहरू बन्द गरिएको छ भने मानिसहरू घरभित्रै बेचैन अवस्थामा रहेका छन्। अमेरिकी सेनाको बेस क्याम्प रहेको क्षेत्र वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ।

इरानले कतारमा आक्रमण गरेपछि अमेरिकाले पनि जवाफी कारबाही गर्नसक्ने आशंकाले स्थानीय स्तरमा थप त्रास बढाएको छ। रातिको समयमा दुई पक्षबीच थप हानाहान भए कतार असुरक्षित हुनसक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

प्रतिक्रिया