स्वास्थ्य संस्था विकास समितिलाई समयअनुसार प्रशिक्षण दिनु आवश्यक छ। स्वास्थ्य संस्थाहरूमा आधुनिक सूचना प्रविधिको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाई स्वास्थ्यकर्मीहरूलाई आफ्नो कार्यक्षेत्रमा टिकाउन अति आवश्यक छ।>>
संविधानले प्रत्येक नागरिकलाई राज्यवाट आधारभूत स्वास्थ्य सेवा नि : शुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्छ । गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्नुपर्छ । सबैको स्वस्थ्य जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ ।>
सोह्रौं योजनाको अन्तसम्म मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा ८५ जना, नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १३ जना, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिहजार जीवित जन्ममा २२ जना छ । पाँच वर्षमुनिका बालबालिकाको पुड्कोपनको अवस्था १७ प्रतिशत, सडक दुर्घटनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या प्रतिलाख जनसंख्यामा ५ जना छ । पूर्ण खोप लगाउने बालबालिका ९५ प्रतिशत, स्वास्थ्यकर्मी उत्पादन प्रतिहजार जनसंख्यामा ४.६४ जना, स्वास्थ्य जन्ममा आबद्ध जनसंख्या ७० प्रतिशत, स्वास्थ्य बिमा कार्यक्रममा नवीकरण दर ९० प्रतिशत छ । यस्तै, कुल स्वास्थ्य खर्चमा व्यक्तिगत तहमा हुने खर्च ३८ प्रतिशत, ३० मिनेटको दूरीमा स्वास्थ्य संस्था भएको घरधुरी ८६ प्रतिशत, पाँच वर्षमुनिका बच्चामध्ये जन्मदर्ता गरिएको बालबालिका १०० प्रतिशत हासिल गर्ने लक्ष्य छ ।>
लक्ष्य हासिल गर्न आधारभूत स्वास्थ्य सेवा नि : शुल्क प्रदान गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्नु, स्वास्थ्य बिमा प्रणालीलाई पुनर्संरचना गरी सबल बनाउने, समग्र स्वास्थ्य प्रणालीको अत्याधुनिक र उच्चतम् प्रविधिकरण गर्ने गर्नुपर्छ । गुणस्तरीय, भरपर्दाे तथा एकीकृत स्वस्थ्य प्रणालीको विकास गर्ने, स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्ने, बहुक्षेत्रीय र बहुपक्षीय अवधारणा अवलम्बन गर्ने, जनसांख्यिक लाभांशको अधिकतम उपयोग गर्ने, अध्ययन, अनुसन्धान तथा तथ्यमा आधारित स्वास्थ्य व्यवस्थापन प्रणालीको विकास गर्ने पनि छन् । औषधि, औषधिजन्य सामग्री र खोपको उत्पादनमा आत्मनिर्भर हुने, स्वास्थ्य क्षेत्रमा सुशासन तथा सामाजिक न्याय कायम गर्ने, स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि लगानी अभिवृद्धि गर्ने, सञ्चालनमा रहेका कार्यक्रम पुन : मुल्यांकन र परिमार्जन गर्ने रणनीति छ ।>
मुलुकमा लोकतन्त्रको बहालीसँगै राज्यसँग आमजनताले गर्ने अपेक्षामा अत्यधिक वृद्धि हुनुका साथै चेतनास्तरमा भएको विकासका कारण सार्वजनिक सेवाप्रवाहलाई नागरिकको हित अनुकूल बनाउनुपर्ने आवश्यकता टड्कारो देखिन्छ । लोकतान्त्रिक परिपाटीले नागरिकको सार्वजनिक सेवाप्रतिको चासो र जनस्तरबाट यसको प्रभावकारी अनुगमनलाई थप बल पुर्याएको छ । नेपालको संविधानले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि : शुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भनी स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकभित्र समावेश गरेको पाइन्छ ।>
प्रत्येक वर्ष जुलाई २८ मा विश्व हेपाटाइटिस दिवस मनाइन्छ । भाइरल हेपाटाइटिसको प्रभाव घटाई विश्वभरका मानिसलाई गुणस्तर स्वास्थ्य बनाउने उद्देश्यले विश्वभरका मानवहरू एकजुट हुनु नितान्त आवश्यक देखिएको छ । जसले मानवको गुणस्तर स्वास्थ्यमा विकराल समस्या ल्याउँछ । विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई हेर्ने हो भने विश्वभरमा करिब ३२ करोड ५० लाख मानिस भाइरल हेपाटाइटिस बी र सीबाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने सयमध्ये ९० जना यस रोगबाट अनविज्ञ रहने पनि तथ्यांकले जनाएको छ । जुन विकराल समस्या हो ।>
मानव स्वास्थ्यलाई झन् अस्वस्थकर बनाउने यस्तो अनविज्ञता र अज्ञानता हटाउनुको विकल्प छैन । एचआईभी, एड्स, मलेरिया, क्षयरोगजस्तै यो रोग पनि संसारभरका मानवलाई मृत्युको सिकार बनाउँदै लगेको छ । हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष करिब १३ लाख मानिसको मृत्यु हुन्छ । कलेजोको क्यान्सर हुनमा पनि यसले प्रभाव पार्छ । हेपाटाइटिस भनेकै भाइरल संक्रमणको कारण कलेजो सुन्निनु हो । हेपाटाइटिस मुख्यगरी पाँच किसिमका हुन्छन्, ए, बी, सी, डी र ई ।>
एचआईभी, एड्स, मलेरिया, क्षयरोगभन्दा हेपाटाइटिस बी र सी का प्रभावले बर्सेनि धेरै मानिसको मृत्यु भइरहेको छ । कलेजोको क्यान्सरले मृत्यु हुने तीनमध्ये दुई हेपाटाइटिसका रोगी छन् । हेपाटाइटिस बी र सीलाई मौन महामारीको रूपमा लिइन्छ । यसले मुख्यत : बालबालिका र सिमान्तकृत समूहलाई धेरै असर पुर्याउँछ । लागुपदार्थ दुव्र्यसनी, एचआईभी एड्सका रोगीहरूलाई हेपाटाइटिसले बढी सताउने गर्छ । अत : हेपाटाइटिसबारे जागरुकता बढाउन अति आवश्यक छ ।>
स्वास्थ्य संस्थाको सहज पहुँच, स्वास्थ्यकर्मी र औषधिको सुलभ उपलब्धता भएमा यो रोगबाट बच्न सकिन्छ । स्वास्थ्य सेवा सुलभ र सहज प्रयोग नभएको हाम्रोजस्तो देशमा त झन् कुनै पनि रोग लाग्नु यसै पनि घातक छ । त्यसकारण हेपाटाइटिसबारे जागरुक भई विश्वभरका मानिसको स्वास्थ्य रक्षा गरी गुणस्तर राख्न यो दिवस मनाइन्छ । सन् २०२५ को विश्व हेपाटाइटिस दिवसले हेपाटाइटिस उन्मूलन र कलेजोको क्यान्सर रोकथामलाई जोड दिएको छ ।
मानवको गुणस्तर स्वास्थ्य सेवाबाट मात्र आर्थिक विकास सम्भव हुन्छ । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने राज्यको नीतिलाई भौतिक संरचनाको निर्माणले सघाए पनि गुणस्तर सेवा प्रवाहमा चुनौती भएको सम्बन्धित विज्ञहरूले बताएका छन् । यस चुनौतीको कारणले गुणस्तरीय स्वास्थ नभई यसको प्रभाव आर्थिक विकासमा पनि परेको छ ।>
निष्कर्ष, गुणस्तर स्वास्थ्यका लागि स्वास्थ्य संस्थाहरू नीति र विधानअनुसार चल्नुपर्छ । आफ्नो हात जगन्नाथ हुनु हँुदैन । आवश्यक दक्ष स्वास्थ्य जनशक्ति हुनुपर्छ । औषधि, उपकरण, प्रविधि, प्रभावकारी स्वास्थ्य सेवा प्रणालीको विकास हुनुपर्छ । आमनागरिकलाई प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । नि : शुल्क औषधि बेलैमा उपलब्ध हुनुपर्ने, सो औषधि कति प्रकारको पाइन्छ ? सबै नागरिकलाई थाहा हुनुपर्ने, कमसेकम आवश्यक मापदण्डअनुसार स्वास्थ्य संस्थाका भौतिक संरचनाहरू हुनुपर्छ ।>
स्वास्थ्य संस्था विकास समितिलाई समयअनुसार प्रशिक्षण दिनु आवश्यक छ । स्वास्थ्य संस्थाहरूमा आधुनिक सूचना प्रविधिको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाई स्वास्थ्यकर्मीहरूलाई आफ्नो कार्यक्षेत्रमा टिकाउन अति आवश्यक छ । यसो भएमा मात्र हाम्रो देशमा स्वास्थ्य संस्थाले आमनागरिकको स्वास्थ्यमा गहन भूमिका खेल्नेछ र स्वास्थ्य सेवा गुणस्तर हुनेछ ।>
>>>>>