चट्याङ लागेर वृद्धको मृत्यु

Jasus Khabar 3958+ समाचार ( )
१ आषाढ २०८२

रौतहटमा चट्याङग लागेर एक वृद्धको मृत्यु भएको छ । गरुडा नगरपालिका- १ जयनगरका ६५ वर्षीय सियाराम वनियाको चट्याङ लागेर आइतबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । 

मृतक वनिया घर अगाडि बाँधेको बाख्रा खोल्ने क्रममा अचानक चट्याङ्ग लागेर गम्भीर घाइते भएका थिए। प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा उनको मृत्यु भएको कार्कीले जानकारी दिए ।चट्याङ लागेर वृद्धको मृत्यु


प्रतिक्रिया