थानकोट प्रहरीको क्षतिग्रस्त भवन बनाउन पाँच लाख दिने दीपकको वचन

Jasus Khabar 3942+ समाचार ( )
५ अशोज २०८२

 कलाकार तथा निर्माता दीपकराज गिरीले प्रहरी वृत थानकोटको भवन पुन:र्निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

जेन–जी आन्दोलनकारीले जलाएको प्रहरी भवन पुन:र्निर्माणका लागि उनले उक्त रकम सहयोग गर्ने वचन दिएको त्यहाँकी डीएसपी एलिजा गिरीले खबरहबलाई बताइन् ।

उनले भनिन्, ‘उहाँ (दीपकराज) आएर सहयोग गर्ने बचन दिनुभएको छ । उहाँबाट पैसा भने प्राप्त भएको छैन ।’

उनका अनुसार दीपकराजले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको भवन पूनर्निर्माणको काम जारी छ ।

दीपकराजले दिए प्रक्रिया पुर्‍याएर ग्रहण गर्ने आफूहरु तयार रहेको डीएसपी गिरीको भनाइ छ । उनी भन्छिन्, ‘उहाँले प्रतिबद्धता जनाएपछि पक्कै पूरा गर्नुहुन्छ होला । त्यसपछि हामी बाँकी प्रक्रिया सुरु गर्छौं ।’

दीपकराज शनिबार थानकोट पुगेर सहयोग गर्ने प्रतिबद्धता प्रकट गरेका हुन् । दीपकको पुर्ख्यौली घर थानकोट नै हो ।

प्रतिक्रिया