सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरा पुलस्थित सडक किनारामा आइतबार बिहान नवजात शिशुको शव फेला परेको छ।>
पुलको दक्षिणपट्टि सडक किनारामा अज्ञात व्यक्तिले नवजात शिशु (पुरुष) मृत अवस्थामा राखेर गएको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चतरा पुलबाट प्रहरी निरीक्षक एकनाथ खतिवडाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।>
>
प्रहरी टोलीले उक्त स्थान सुरक्षित गर्दै प्रारम्भिक अनुसन्धान शुरु गरेको छ। थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट प्रहरी नायब निरीक्षक पर्शु बिष्टको कमाण्डमा थप टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।>
>
प्रहरीले कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>
>