अजमल अन्सारी>
सुनसरी । ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनहरूलाई गरिएको कारबाहीबाट सुनसरी जिल्लामा आर्थिक वर्ष २०८१/०८२ मा २ करोड ७६ लाख ३३ हजार ५ सय रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।>
जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापाका अनुसार साउनदेखि असार मसान्त सम्म ४५ हजार ८ सय १२ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरिएको थियो। उक्त कारबाहीबाट २ करोड ७६ लाख ३३ हजार ५ सय राजश्व सङ्कलन गरिएको जनाएको छ ।>
>
मासिक हिसाबमा औसत ३ हजार ८१७ भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् । जुन ट्राफिक नियम उल्लङ्घनको गम्भीरता र व्यापकता देखाउँछ। यो तथ्याङ्कले ट्राफिक सचेतना र नियम पालना गराउने आवश्यकता अझै बढेको देखाउँछ।>
>
सोही अवधिमा, सुनसरी जिल्लाभर १ हजार २ सय ९१ सवारी दुर्घटना भएका छन्। यी दुर्घटनाहरूमा ९० जनाले ज्यान गुमाएका छन् भने १ सय ५० जना गम्भीर घाइते भएका छन्। सामान्य घाइतेको सङ्ख्या १ हजार ९ सय २६ रहेको छ।>
>
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बढ्दो दुर्घटनालाई न्यून गर्न गत आर्थिक वर्षमा करिब ४ हजार ३८० वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो। ती कार्यक्रमबाट १ लाख जनाले प्रत्यक्ष लाभ लिएका छन् । जसमा सवारी चालक, यात्री तथा सर्वसाधारण सहभागी थिए।>
>
यसैगरी ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनहरूलाई गरिएको कारबाहीबाट सुनसरी जिल्लामा गत आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड २५ लाख ७७ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको थियोे ।>
>
यस्तै गत आर्थिक वर्ष २०७९/०८० मा ४ करोड ९४ लाख ४० हजार र २०७८/०७९ मा ४ करोड ६८ लाख ५३ हजार ५ सय रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको थियोे । >
>