बृन्दाबन (रौतहट), >
बृन्दाबन नगरपालिका–६ मा प्रहरी चौकी कार्यालयमा कार्यरत प्र.स. हवल्दार प्रमोद राउतले स्थानीय बासिन्दामाथि शारीरिक तथा मानसिक दुर्व्यवहार गरेको आरोप लागेको छ।>
>
पीडित परिवारका अनुसार राउत कार्यालयबाट औपचारिक बिदा नलिई प्रहरी पोसाकमा आएर, पुरानो विषयलाई लिएर घरमै प्रवेश गरी आक्रमण गरेका थिए। घटनाक्रममा उनले घरका एक वृद्ध सदस्यलाई अनावश्यक रूपमा तानेर गालीगलौज गर्दै मानसिक यातना दिएका थिए।>
>
परिवारले घटनाबारे प्रश्न गर्दा हवल्दार राउतले पीडित नितेश कुमार लाई बासले टाउकोमा प्रहार गरी घाइते बनाएको आरोप लागेको छ। पीडितको टाउकोमा चोट लागी रक्तश्राव भएको र उपचार को लागी वीरगन्ज नारायणी हस्पिटल पठाइएको छ।>
>
स्थानीयवासीले प्रहरीकै भूमिकामाथि प्रश्न उठाउँदै घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।>
“जनताको सुरक्षा गर्ने प्रहरी आफैंले पदको दुरुपयोग गरेर आक्रमण गर्नु अत्यन्त निन्दनीय छ,” पीडित परिवारले प्रतिक्रिया दिएको छ।>
>
यसबारेमा प्रहरी प्रशासनले भने अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।>>