इजरायलले गाजामा पुनः आक्रमण गरेको छ । गाजाको एक अस्पतालमा इजरायलले गरेको आक्रमणमा ठूलो मानवीय क्षति भएको छ ।>
गाजाको खान युनिस क्षेत्रको एक अस्पतालमा इजरायलले हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ । उक्त आक्रमणमा परी २८ जना मासिएका छन् भने अन्य थुप्रै घाइते भएका छन् ।>
बीबीसीका अनुसार हमासद्वारा सञ्चालित नागरिक सुरक्षा एजेन्सीका प्रवक्ताले यसको जानकारी दिएका हुन् ।>
स्थानीय सूत्रको हवाला दिँदै गाजाको उक्त अस्पतालमा इजरायली लडाकु विमानले एक साथ ६ वटा बम खसालेको बीबीसीले समाचार प्रकाशित गरेको छ ।>
उता इजरायली सेनाले भने 'आतंकवादीहरूमाथि सटिक आक्रमण' गरेको दावी गरेको छ । इजरायली सेनाले भनेको छ- कमाण्ड तथा कन्ट्रोल सेन्टरमा हमास आतंकवादीहरूमाथि सटिक आक्रमण गरेको छ । अस्पतालमुनि उक्त सेन्टर रहेको इजरायलको दावी छ ।>
७ अक्टोबर सन् २०२३ मा युद्ध सुरु भएयता गाजामा ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।>>