ब्राउन सुगर सहित सुनसरीबाट एक जना पक्राऊ

Jasus Khabar 3958+ समाचार ( )
१९ चैत्र २०८१

जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नम्बर-११ बानडाँडा बस्ने बिर वहादुर भुजेल ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन्। 

 बर्ष ४८ को बिरु भन्ने बिर बहादुर भुजेलले लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले निजको घर कोठा कानुन वमोजिम खानतलासी गर्दा निजको कोठाबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ प्लास्टिक भित्र ३१ पोका फेला पारी मान्यता प्राप्त डिजिटल तराजुमा नापतौल गर्दा प्लास्टिक सहित ६.४२ ग्राम ( छ ग्राम ४२० मिलिग्राम ) र प्लास्टिक बाहेक ३.६६ ग्राम (तिन ग्राम छ सय साठी मिलिग्राम ) फेला पारी निज बिर बहादुर भुजेललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान कार्य भईरहेको

प्रतिक्रिया