कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं १ रङ्गपुरतर्फ जाने जमुवार खोला पुलमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ। >
पुलमाथि रातो कपडाले बेरिएको अवस्थामा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।>
प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ भने नेपाली सेनाको टोली समेत त्यहाँ केही बेरमा पुग्ने प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए।>>