काठमाडौँ । राष्ट्र निर्माण दल नेपालले शमीम मियाँ अन्सारीलाई सर्वसम्मत रूपमा पार्टीको अध्यक्ष चयन गरेको छ । काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले अन्सारीलाई अध्यक्षमा चयन गर्दै ७५ सदस्यीय केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।>
>
बैठकले महासचिवमा मोहम्मद जाकिर हुसैन, सचिवमा गुरुदेव राम र कार्यालय सचिवमा अफरोज मन्सुरलाई चयन गरेको छ ।>
>
गत मङ्सिर ३ गते अकबर खानको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता भएको यस दलमा प्रारम्भमा ३६ सदस्यीय केन्द्रीय समिति रहेको थियो । विधानमा १९९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था रहे पनि संगठन विस्तारको चरणलाई ध्यानमा राख्दै हाल ७५ सदस्यीय समिति गठन गरिएको दलकी केन्द्रीय सदस्य रोजिना खातुनले जानकारी दिइन् ।>
>
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय सदस्य मोहम्मद हारुन खानले जिल्ला–जिल्लामा संगठन विस्तार तीव्र रूपमा भइरहेकाले उपाध्यक्ष, उपमहासचिव, सचिव, प्रवक्तालगायतका पदाधिकारीहरू पछि थपिने बताए । ती पदहरूमा अन्य महत्वपूर्ण नेताहरूलाई समेटिने उनको भनाइ छ ।>
>
दलका कार्यालय सचिव अफरोज मन्सुरका अनुसार कोशी प्रदेश अध्यक्षमा बद्री महत, लुम्बिनी प्रदेश अध्यक्षमा निसार अहमद मुसलमान र बागमती प्रदेश अध्यक्षमा सुमन खड्गीलाई मनोनयन गरिएको छ । यस्तै, राष्ट्र युवा मञ्चको संयोजकमा मेवालाल यादव, राष्ट्र प्राध्यापक मञ्चको संयोजकमा डा. जावेद आलम अन्सारी र सुनसरी जिल्ला अध्यक्षमा साैकत अली राइन चयन भएका छन् ।>
>
बैठकले दुई हप्ताभित्र जनकपुरमा दलको भव्य घोषणा सभा आयोजना गर्ने निर्णय पनि गरेको छ । घोषणा सभाको व्यवस्थापनका लागि महासचिव मोहम्मद जाकिर हुसैनको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।>
>
त्यसै गरी पुस १२ गते साँझसम्म केन्द्रीय सदस्यहरूमार्फत समानुपातिक उम्मेदवारहरूको प्रस्ताव सङ्कलन गरी अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष र महासचिवलाई दिइएको छ । अन्य दलहरूसँग गठबन्धनका लागि अध्यक्ष र महासचिव सदस्य रहने गरी दुई सदस्यीय वार्ता टोलीसमेत गठन गरिएको छ ।>
>
बैठकमा राष्ट्र निर्माण दल र राष्ट्रिय स्वतन्त्र पार्टीबीच गठबन्धन गर्ने विषय अन्तिम चरणमा पुगेको जानकारी एक सदस्यले दिएका छन् ।>>
Congratulations and all the good wishes.