अजमल अन्सारी>
सुनसरी । सुनसरी जिल्ला पछिल्लो समय गाँजा तस्करीको ट्रान्जिट बिन्दुका रूपमा चिनिन थालेको छ। पहाडी जिल्लाबाट उत्पादन गरिएको गाँजा सुनसरी हुँदै देशका विभिन्न भाग र भारतसम्म तस्करी हुने गरेको पाइएको छ।>
गाँजा तस्करीले जिल्लाको नाम मात्र बदनाम गरेको छैन, समाजमा पनि नकारात्मक असर पारेको छ । गाँजा तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रातदिन नभनी गस्ती, चेकजाँच तथा निगरानी बढाएका छन्। नियमित रुपमा गाँजा बरामद भइरहेको छ भने तस्कर पनि पक्राउ पर्ने क्रम जारी छ।>
>
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाका अनुसार तस्करहरु फरक–फरक प्रविधि र बाटो प्रयोग गरेर गाँजा ओसारपसार गर्ने प्रयास गरिरहेका छन्। "हामी दिनरात खटिएका छौं, गाँजा तस्करी नियन्त्रण गर्न सबै निकाय एकजुट भएर लाग्नु जरुरी छ," वहाँले भन्नुभयो।>
>
स्थानीय तथा नागरिक समाजले गाँजाले युवामा गलत लत बसाउने, समाजमा अपराध बढाउने र समग्र जिल्लाको छवि धमिल्याउने काम गरिरहेको बताउँछन्। सामाजिक अगुवाहरुले पनि गाँजा तस्करी रोक्न थप कडाइ र सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताएका छन्।>
>
सुनसरी जिल्लाका मुख्य नाकाहरु, पुल, राजमार्ग र गोप्य बाटोहरुमा प्रहरीको विशेष चेकजाँच जारी छ। प्रहरी स्रोतका अनुसार पछिल्लो एक महिनामा मात्र हजारौं केजी गाँजा बरामद गरिएको छ।>
>
समाजमा गाँजाको बढ्दो प्रयोग र तस्करी नियन्त्रणमा कडाइ गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय र नागरिक समाजबीच समन्वय आवश्यक देखिएको छ।>
>