भारतीय सेनाले पाकिस्तानका ९ वटा आतंकवादी अड्डाहरूमा आक्रमण गरेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले तीन देशका भ्रमण रद्द गरेका छन्।>
भारतीय सेनाले मंगलबार राति पाकिस्तानमा ९ वडा अड्डाहरूमा आक्रमण गरेपछि भारत-पाक तनाव उत्कर्षमा पुगेको छ। भारतले यो अपरेसनलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ।>
>
अपरेसन सिन्दुरपछि प्रधानमन्त्री मोदीले तीन देशको भ्रमण रद्द गरेका हुन्।>
प्रधानमन्त्री मोदीका नर्वे, क्रोएसिया र नेदरल्याण्ड्सको भ्रमण रद्द गरिएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।>
प्रधानमन्त्री मोदी नर्डिक शिखर सम्मेलनमा गएका बेला मे १३ देखि १७ सम्म क्रोएसिया, नर्वे र नेदरल्याण्ड्सको भ्रमण गर्ने कार्यक्रम थियो।>>