विश्वकै गरिब राष्ट्रपति जोसेको निधन

Jasus Khabar 3962+ समाचार ( )
१ जेठ २०८२

ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्व राष्ट्रपति जोसे मोजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ। जोसे मोजिका 'पेपे' भनेर चिनिन्थ्यो।

२०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व छापामार नेता मोजिकालाई उनको साधारण जीवनशैलीका लागि विश्वको 'सबैभन्दा गरिब राष्ट्रपति' भनेर चिनिन्थ्यो।

उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डु ओर्सीले सामाजिक सञ्जाल एक्समा जोसे मोजिकाको मृत्युको घोषणा गर्दै लेखेका छन्, 'तपाईंले हामीलाई दिनुभएको सबै कुराको लागि र तपाईंका जनताप्रति तपाईंको गहिरो प्रेमको लागि धन्यवाद।'

पूर्व राष्ट्रपति जोसेको मृत्यु कसरी भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन। उनलाई अन्ननलीको क्यान्सर थियो।
 

प्रतिक्रिया

सम्बन्धित समाचार