पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ को बेलनदी नजिकै यात्रुबाहक बस दुर्घटना भएको छ ।>
दुर्घटनामा घाइते भएका सबैको पहिचान खुलेको छ । काठमाडौंबाट दाङको लागि छुटेको लु प्र ०२–००१ ख ००४५ नम्बरको बस आज बिहान चार बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।>
प्रहरीका अनुसार बसमा ३० जना सवार थिए भने २९ जना घाइते भएका छन् । उनीहरु सबैको पहिचान खुलेको छ । उनीहरुलाई उद्धार गरी शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको संजिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीलाई त्यहाँबाट बुटवल रिफर गरिएको प्रहरीको भनाई छ ।>
घाइते भएका २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अन्य २० जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते भएका छन् । दुर्घटनापछि सडक एकतर्फीमात्रै सञ्चालन भएको र बस हटाउने पहल भइरहेको छ । दुर्घटनाको कारण भने नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।>
बुटवल रिफर भएका घाइतेहरु>
१-जि.सल्यान बागचौर न.पा.१० बस्ने वर्ष ७७ कि देबी बुढाथोकी टाउको र शरीरको विभिन्न भागमा चोट (गम्भीर)
२-जि.सल्यान सारदा न.पा.१२ बस्ने वर्ष ५६ को मोहनलाल बुढाथोकी टाउकोमा चोट (गम्भीर)
३-जि.दाङ तुलसीपुर उ.म.न.पा.११ बस्ने वर्ष ३५ को श्रीधर अधिकारी बाँया हातमा चोट (गम्भीर)>
चन्द्रौटामा उपचाररत घाइतेहरू>
४-जि.रुकुम पश्चिम आठबिसकोट न.पा.८ ज्यामिरे बस्ने वर्ष २८ को मोतिलाल एरी टाउको र हातमा चोट अवस्था मध्यम ।
५-जि.सोलुखुम्बु सोताङ गा.पा.३ बस्ने वर्ष २१ को कोसिस गौतम टाउको र हातमा चोट अवस्था मध्यम ।
६-जि.सल्यान चिद्द कुमाउ गा.पा.२ बस्ने वर्ष १९ को अनिता चलाउने टाउको र हातमा चोट अवस्था मध्यम ।
७-जि.दाङ घोराही उ.म.न.पा.१८ बस्ने वर्ष ५२ कि सचिला नेपाली टाउको र हातमा चोट अवस्था मध्यम ।
८-जि.अर्घाखाँची सितगंगा न.पा.८ बस्ने वर्ष ६० कि टुककुमारी श्रेष्ठ टाउको र हातमा चोट अवस्था मध्यम ।
९-जि.सल्यान बागचोर न.पा.१० बस्ने वर्ष २५ को चित्रप्रसाद धिताल टाउको र हातमा चोट अवस्था मध्यम ।
१०-जि.रोल्पा परिवर्तन गा.पा.३ वर्ष बर्ष ३१ को ओमप्रकाश खड्का टाउको र हातमा चोट अवस्था मध्यम ।
११-जि.दाङ राप्ती गा.पा.४ बस्ने वर्ष २८ कि रुपा चौधरी टाउको र हातमा चोट अवस्था मध्यम ।
१२-जि.रोल्पा गंगादेव गा.पा.३ बस्ने बर्ष ३९ को हेमराज वली टाउको र हातमा चोट अवस्था मध्यम ।
१३-जि.पर्वत मादी गा.पा.३ वर्ष ३९ को खड्क ब.पुन टाउको र हातमा चोट अवस्था मध्यम ।
१४-जि.सल्यान छत्रेश्वरी गा.पा.१ बस्ने वर्ष ४३ को भीमबहादुर बि.क. टाउको र हातमा चोट अवस्था मध्यम ।
१५-जि.सल्यान बागचौर न.पा.४ बस्ने बर्ष ४० को ईन्द्र ब.बि.क. टाउको र हातमा चोट अवस्था मध्यम ।
१६-जि.दाङ तुलसीपुर उ.म.न.पा.११ बस्ने वर्ष २१ ललित शर्मा टाउको र हातमा चोट अवस्था मध्यम ।
१७-जि.रोल्पा गंगादेव गा.पा.३ बस्ने वर्ष ३१ सन्दिप वली टाउको र हातमा चोट अवस्था मध्यम,ऐ.०६:१० बुटवल रिफर
१८-जि.डढेल्धुरा आलीताल गा.पा.४ बव बर्ष २२ को बिशाल बोहोरा टाउको र हातमा चोट अवस्था मध्यम ।
१९-जि.दाङ दंगिशरण गा.पा.२ बस्ने वर्ष २४ कि शर्मिला नेपाली टाउको र हातमा चोट अवस्था मध्यम ।
२०-जि.सल्यान छत्रेश्वरी गा.पा.३ बस्ने वर्ष ४२ कि रस्मी बोहोरा टाउको र हातमा चोट अवस्था मध्यम ।
२१-जि.दाङ घोराही उ.म.न.पा.११ बस्ने वर्ष ३९ को बेद बहादुर वली टाउको र हातमा चोट अवस्था मध्यम ।
२२- जि.दाङ घोराही उ.म.न.पा.१ बस्ने वर्ष ३० महेन्द्र दराई हात खुट्टामा चोट अवस्था सामान्य ।
२३-जि.दाङ तुलसीपुर उ.म.न.पा.१२ बस्ने वर्ष ४० को धनराज गौतम खुट्टामा चोट अवस्था सामान्य ।
२४-जि.ऐ.ऐ.बस्ने वर्ष १५ को आधार गौतम दाया हात फ्याक्चर अवस्था मध्यम । ऐ.०६:१० बुटवल रिफर
२५-जि.दाङ घोराही उ.म.न.पा.११ बस्ने वर्ष ३५ कि सिता बस्नेत ढाड र खुट्टामा चोट अवस्था मध्यम ।
२६-जि.सल्यान बागचौर न.पा.१० बस्ने वर्ष ३७ कि निशा के.सी.हातमा चोट सामान्य ।
२७-ऐ.ऐ.बस्ने वर्ष २२ को सन्तोष शर्मा हात खुट्टामा चोट सामान्य ।
२८-जि.दाङ बबई गा.पा.६ बस्ने वर्ष ३३ को रमेश सुनार सामान्य ।
२९-जि.दाङ तुल्सीपुर उ.म.न.पा.११ बस्ने वर्ष ३७ को लेखराज पाण्डे सामान्य>>