विराटनगर — नेपाली मुस्लिम समुदाय विकास केन्द्र नेपालको आयोजनामा मिति २०८२ साल माघ २४ गते विराटनगर महानगरपालिका वडा नं. ६ मा ५ जना हाफिजहरूको दस्तारबन्दी (दीक्षान्त) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।>
कार्यक्रममा पवित्र कुरआन हिफ्ज पूरा गरेका हाफिजहरूलाई दस्तारबन्दी गराउँदै विदाई तथा सम्मान प्रदान गरिएको थियो।>
कार्यक्रमको प्रमुख अथिति कोशी प्रदेश सरकार कृषि उद्योग तथा सहकारी मन्त्री इसराइल मन्सुरी विराटनगर चर्चित नेता वसिम अंसारी लगायत नेताहरुको उपस्थित धर्मगुरु, अभिभावक, समाजसेवी तथा स्थानीय समुदायका प्रतिनिधिहरूले हाफिजहरूको मेहनत, अनुशासन र धार्मिक शिक्षाप्रतिको समर्पणको उच्च प्रशंसा सहित सम्मान गरेको हो। >
आयोजक संस्थाले हाफिजहरू भविष्यमा धर्म, नैतिकता र समाज सेवामा अग्रसर भई समुदायलाई सकारात्मक दिशामा अघि बढाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। कार्यक्रमले धार्मिक शिक्षा र सामाजिक एकताको सन्देश फैलाएको सहभागीहरूले बताएका छन्।>>