देवानगञ्जमा १८ किलो गाँजा बरामद, स्थानीय सुरक्षाकर्मीले गतिविधि नियन्त्रण गर्न नसकेको आरोप

Jasus Khabar 3958+ समाचार ( )
१३ पौष २०८२

सुनसरी । सशस्त्र प्रहरी बल नेपालले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–५ स्थित सीमावर्ती क्षेत्रबाट १८ किलो गाँजा बरामद गरेको छ।


४ नम्बर गण हेर्डक्वार्टर सुनसरीका अनुसार नियमित गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीले गाँजा बरामद गरेको हो। बरामद गरिएको गाँजाको आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।


स्थानीयवासीका अनुसार सो सीमावर्ती क्षेत्रबाट लामो समयदेखि गाँजालगायत लागूऔषधको अवैध कारोबार हुँदै आएको छ। यद्यपि, सीमामा तैनाथ स्थानीय सुरक्षाकर्मी युनिटहरूले यस्ता अवैध गतिविधि नियन्त्रण गर्न नसकेको आरोप लाग्दै आएको छ।


तर जिल्लास्तरबाट परिचालित घुमुवा सुरक्षा टोलीहरू सक्रिय भएपछि लागूऔषध ओसारपसार, अवैध कारोबार तथा राजस्व चुहावटमा संलग्न व्यक्तिहरू पक्राउ पर्ने गरेका छन्। यसले सीमामा खटिएका सुरक्षाकर्मीहरूको भूमिकामाथि प्रश्नचिन्ह खडा भएको स्थानीयको भनाइ छ।


सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा निगरानी थप कडा बनाइने र अवैध गतिविधिविरुद्ध निरन्तर कारबाही जारी रहने जनाएको छ।

प्रतिक्रिया