चितुवाको आक्रमणले गुलरिया नगरपालिका–५ बालापुरकी ६ वर्षीया सायरा थारुको मृत्यु भएको छ। >
बुधबार बिहान ८:४५ बजे घर नजिकै शौचालयबाट फर्किने क्रममा चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी चक्रबहादुर डमलपालले बताए।>
>
यसअघि पनि यो क्षेत्रमा चितुवाको आक्रमणले एक बालिकाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। चितुवाको आतंक नियन्त्रण गर्न सम्बन्धित निकाय असफल भएकोमा स्थानीयले दुख व्यक्त गरेका छन्।>>