सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

Jasus Khabar 3958+ समाचार ( )
८ अशोज २०८२

नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख २३ हजार पुगेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार बुधबार १३ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख २३ हजार पुगेको हो। यो अहिलेसम्मकै उच्च मूल्य हो।

मंगलबार ३ हजार ९०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख २१ हजार ७०० पुगेको थियो। यसैगरी चाँदीको मूल्यले पनि नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ।

महासंघका अनुसार आज २० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य २७ सय पुगेको छ। चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो। अघिल्लो दिन मंगलबार एक तोला चाँदी २६ सय ८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया