सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधित घरेलु हातहतियारसहित र्याली निकाल्न नदिने स्पष्ट आदेश जारी गरेपनि दुहबीमा मुहर्रमको अवसरमा गरिएको र्यालीमा खुलेआम घरेलु हातहतियार प्रदर्शन गरिएको छ।>
शनिबार साँझ दुहबी बजार क्षेत्रमा निकालिएको सो र्यालीमा युवाहरूले तरवार, खुकुरी, र फलामे रडजस्ता हातहतियार लहराउँदै प्रदर्शन गरेका थिए। प्रशासनले मुहर्रम पर्वका नाममा हिंसात्मक गतिविधि रोक्न कडाइका साथ निर्देशन दिएको भएपनि आदेशको खुलेआम अवज्ञा गरिएको हो।>
>
जिल्ला प्रशासन कार्यालय सुनसरीले केही दिनअघि मात्र सूचना जारी गर्दै मुहर्रमका र्यालीमा घरेलु हतियार प्रदर्शन गर्न नपाइने र शान्तिपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न गर्न अनुरोध गरेको थियो। तर दुहबी क्षेत्रमा सुरक्षा निकायको उपस्थितिसमेत रहँदा हातहतियारसहितको प्रदर्शनले स्थानीयहरू त्रसित बनेका छन्।>
>
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले घटनाबारे छानबिन भइरहेको जानकारी दिँदै भने, "नियम विपरीत हातहतियार प्रदर्शन गर्नेलाई कानूनी कारबाही गरिन्छ। समुदायबीच मेलमिलाप र शान्ति सुरक्षा कायम गर्न सबै पक्ष गम्भीर हुनुपर्छ।"वहाँले थपे,' भोलि हामी आफैं अनुगमन गर्छोैँ । भोलि देखि पुर्ण रुपमा हतियार प्रदर्शनलाई निगरानी र नियन्त्रणमा लिन्छाैँ । आदेशको उलंघन गर्नेलाई कुनै हालतमा छाड्दैनाैँ । कानुन बमोजिम कार्वाहीमा हामी प्रतिबद्ध छाैँ ।">
>
यसबीच स्थानीय सुरक्षा निकायले र्यालीमा देखिएका हतियारधारी युवाहरूको पहिचान गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । >
>
>