कोशी प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुँदैछ । बैठक दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ ।>
गत वैशाख २४ गतेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिस अनुसार प्रदेश प्रमुख अधिवेशन आह्वान गरेका हुन् ।>
आजको बैठकमा अधिवेशन आह्वानको सूचना पढेर सुनाउने, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ टेबुल गर्ने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट धारणा राख्ने कार्यसूची रहेको छ ।>
कोशी सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम ज्येष्ठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेको छ । >>