राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रति लक्षित गर्दै व्यङ्ग्यात्मक कविता सार्वजनिक गरेका छन्। उनले कविता मार्फत् दाहालको विश्वसनीयतामाथि टिप्पणी गरेका हुन्।>
सामाजिक सञ्जालमार्फत मार्फत् सार्वजनिक कवितामा शाहीले दाहालको विश्वास गर्नु र कुकुरको पुच्छर सोझ्याउन खोज्नु उस्तै ‘असम्भव’ कार्य भएको बताए।>
प्रमुख सचेतक शाहीले उक्त कविता शुक्रबार संसदको अवरोध खुलाउने सम्बन्धमा सत्तारुढ दलहरू र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिप्रति लक्षित गर्दै लेखेका हुन्।>
आफ्नो कवितामा शाहीले दाहाललाई सत्ता र कुर्सीको मोहमा निरन्तर रङ र बोली फेर्ने ‘छेपारो’ को संज्ञासमेत दिएका छन्। उनले लेखेका छन्, ‘फेर्छ छेपारोले रङ, परिस्थिति अनुसार। प्रचण्डले फेर्छन् बोली, कुर्सीको मोह अनुसार।’>
कवितामा शाहीले अध्यक्ष दाहाललाई केवल ‘कुर्सीको मोह’ मा बोली फेर्ने अस्थिर चरित्रको नेताको रूपमा चित्रण गरेका छन्। कुनै बेला ‘क्रान्ति र परिवर्तनको नारा’ दिएका दाहाल अहिले ‘सत्ता र कुर्सीकै साहारा’ मा सीमित भएको आरोप लगाउँदै शाहीले उनको राजनीतिक यात्राको समेत आलोचना गरेका छन्।>
प्रमुख सचेतक शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत दाहालको संगतले राजनीतिक रूपमा चिप्लिएको दाबी गरेका छन्। ‘प्रचण्डको फेर समाउँदा रबि दाइ थुनिए, प्रचण्डको साथ लिँदा रास्वपावाला चिप्लिए,’ कवितामा उल्लेख छ।>
यस्तो छ शाहीको कविता :>
प्रचण्ड र छेपारो !>
फेर्छ छेपारोले रङ,
परिस्थिति अनुसार।
प्रचण्डले फेर्छन् बोली,
कुर्सीको मोह अनुसार।।>
सुरुमा क्रान्ति, परिवर्तनको नारा,
अहिले सत्ता, र कुर्सीकै साहारा।
प्रचण्डको फेर समाउँदा रबि दाइ थुनिए
प्रचण्डको साथ लिँदा रास्वपावाला चिप्लिए।।>
कुकुरको पुच्छर सिधा हुन्छ भन्नु र
प्रचण्डको विश्वास गर्नु एउटै हो ।।>>