सुनसरीको हटियामा सिक्री लुछ्ने दुईजना पक्राउ

Jasus Khabar 3958+ समाचार ( )
३ फाल्गुन २०८१

सुनसरी : इटहरी उपमहानगरपालिका–२, हवाई चोकस्थित हटिया बजारमा सामान किन्न गएकी महिलाको सुनको सिक्री लुछ्ने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्ला पर्सा, वीरगन्ज महानगरपालिका–२० का २२ वर्षीय सुनिल कुमार राय र अर्का ११ वर्षीय वालक रहेका छन् ।

शुक्रवार साँझ करिब ७ः३० बजे इटहरी–३ की ४७ वर्षीया बेद कुमारी खड्का हटियामा सामान किन्दै गर्दा उनको गलामा लगाएको १ तोला सुनको सिक्री लुछेर चोरहरू भागेका थिए।


घटनाबारे जानकारी प्राप्त हुनासाथ सामुदायिक प्रहरी बिट हवाई चोकबाट प्रहरी सहायक निरीक्षक हिमालय कुमार मगरको नेतृत्वमा खटिएको टोलीले चोरहरूलाई घटना स्थल नजिकैबाट पक्राउ गरेको छ ।


पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय, इटहरीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया