सुनसरीमा लागू औषधसहित तीन जना पक्राउ

Jasus Khabar 3961+ समाचार ( )
१९ जेठ २०८२

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले लागू औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। शनिबार साँझ ५ बजे सुनसरीको ईनरुवा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा सखुवागाछीबाट खटिएको प्रहरी चेकजाँच टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।


पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–३ का २८ वर्षीय विवेक अधिकारी, २२ वर्षीय मनोज परियार र २६ वर्षीय मनिष राई रहेका छन्।


प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ पैदल जाँदै गरेका उनीहरूलाई शंका लागि चेकजाँच गर्दा मनोज परियार र मनिष राईको साथबाट लागू औषध ब्राउन सुगर (खैरो हिरोइन) जस्तो देखिने पदार्थ प्लास्टिक सहित ४ ग्राम ८२ मिलिग्राम (प्लास्टिक बाहेक ३ ग्राम ३७ मिलिग्राम) फेला परेको हो।


साथै विवेक अधिकारीको साथबाट ‘Nitracross’ लेखिएको ४ पिस ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ।


पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार