जुवातास लेख्दै गरेको अवस्थामा १७ जना पक्राउ

Jasus Khabar 3962+ समाचार ( )
५ जेठ २०८२

जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले काठमाडौंका दुई ठाउँबाट १७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६६ वर्षीय भीम संगतसमेत ७ जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ९ सय १५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।यसैगरी, काठमाडौं महानगरपालिका–२९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ बस्ने दोलखा भीमेश्वर नगरपालिका–७ घर भएका ४० वर्षीय रामजी बस्नेत समेत १० जना पक्राउ परेका छन् । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनीहरूलाई नगद २ लाख ५७ हजार ४ सय रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया