मनिषा कोइरालाले गरिन् रवि लामिछानेको पक्षमा हस्ताक्षर

Jasus Khabar 3962+ समाचार ( )
२६ आषाढ २०८२

अभिनेत्री मनिषा कोइरालाले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा हस्ताक्षर गरेकी छन्।

रास्वपाले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भन्दै यसकाविरुद्धमा हस्ताक्षर अभियान सुरु गरेको थियो। जसमा नेतादेखि कलाकारसम्मले एक्यवद्धता जनाउँदै हस्ताक्षर गरिरहेका छन्।

अभिनेत्री कोइराला पनि बिहीबार रास्वपा कार्यालय वनस्थलीमा पुगेर हस्ताक्षर गरेकी थिइन्। रविका पक्षमा हस्ताक्षर गर्दै उनले आफू कुनै पार्टीमा नरहेको र आम नागरिकाका हैसियताले हस्ताक्षर गरेको बताइन्।

उनले रविमाथि राज्यले अन्याय र दूव्र्यवहार गरेकोसमेत बताइन्।


प्रतिक्रिया