धनुषाको कमला नगरपालिकास्थित सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । दुबै बालक दाजुभाई भएको जनाइएको छ ।>
मृत्यु हुनेमा कमला नगरपालिका वडा नम्बर २ सराबे टोलका रामबाबु साहका ७ वर्षिय छोरा रितिक साह र उनकै भाई श्यामबाबु साहका ५ वर्षिय छोरा रितिश साह रहेका छन् ।>
मंगलबार सडकको छेउमा खनिएको खाल्डोमा डुबेर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । खाल्डोमा वर्षा भएपछि पानी जमेको थियो । नुहाउनको लागि दाजुभाई जाँदा डुबेर मृत्यु भएको धनुषा प्रहरीको भनाई छ ।>
घरबाट बाहिर निस्केका दाजुभाई अबेरसम्म घर नआएपछि खोजिकार्य सुरु भएको थियो । सोही क्रममा दुबै बालक मृत अवस्थामा तैरिरहेको भेटिएका थिए ।>>