सुनसरीमा बालविवाह : बेहुला, बेहुली सहित पाँच जना पक्राउ

Jasus Khabar 3961+ समाचार ( )
२७ फाल्गुन २०८१

इटहरीमा बालविवाह गर्न लागिएको सूचनाका आधारमा प्रहरीले बेहुला, बेहुली, उनीहरूका बुवा र विवाह गराउने पण्डितलाई पक्राउ गरेको छ।

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–९ स्थित राधाकृष्ण मन्दिरबाट विवाहको तयारी भइरहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २८ वर्षीय बेहुला उपेश नेपाल, १८ वर्षीया बेहुली, बेहुलाका बुवा ढुण्डिराज नेपाल, बेहुलीका बुवा दिनेश कुमार दाहाल र विवाह गराउने ४५ वर्षीय पण्डित दिनेश कुमार भट्टराईलाई नियन्त्रणमा लिएको हो।

राधाकृष्ण मन्दिरमा विवाहको तयारी भइरहेका बेला नगर बाल सञ्जाल इटहरीमार्फत खबर पाएपछि प्रहरीले मन्दिर पुगेर विवाह रोकेको हो।


पक्राउ परेकाहरूमाथि बालविवाह सम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।


नेपालको कानुनअनुसार विवाहका लागि केटीको उमेर कम्तीमा २० वर्ष हुनुपर्छ । तर बेहुली १८ वर्ष मात्र रहेकाले बालविवाह रोकिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार