प्रहरीले काठमाडौंका विभिन्न स्थानहरूमा सर्वसाधारण नागरिकलाई विदेशी मुद्रा सटही गर्न सहयोग गरे सोबापत रकम दिने भन्दै झुक्यानमा पारी सुनका गहना तथा नगद लिई ठगी गर्ने गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।>
पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका– ११ बस्ने ३८ वर्षीय दानबहादुर तामाङ तथा सोही ठाउँको वडा नं १२ बस्ने २६ वर्षीय दानबहादुर तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । >
उनले भने, 'पक्राउ परेकाले सोमबार काठमाडौंका विभिन्न स्थानमा सर्वसाधारण नागरिकलाई विदेशी मुद्रा सटही गर्न सहयोग गरी दिए सोबापत रकम दिऊँला भनी झुक्यानमा पारी साथमा रहेका सुनका गहना तथा नगद लिई ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।'>
पक्राउ परेकाहरूलाई आज काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिई सो सम्बन्धमा अनुसन्धान भइरहेको र हालसम्म उनीहरूका विरुद्ध १० वटा जाहेरीसमेत पर्न आएको प्रवक्ता बोहराले जानकारी दिए ।>>