बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक सुरु

Jasus Khabar 3962+ समाचार ( )
१० आषाढ २०८२

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ। अहिले विहान ८ बजेबाट सो बैठक सुरु भएको हो।

संसदबाट बजेट पास गराउने लगायतका विषयमा छलफल भैरहेको सत्ताधारी दलका नेताहरूले बताएका छन्। नेकपा (एमाले)ले आज आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिसकेको छ।

आज आगामी आर्थिक वर्षको बजेट निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न एमाले मुख्य सचेतक महेश बर्तौलाले ह्वीप जारी गरिसकेका छन्। यस्तो अवस्थामा सत्ताधारी दलको बैठक बालुवाटारमा सुरु भएको हो।

प्रतिक्रिया