नारायणी पुलबाट हाम-फालेका युवकको सकुशल उद्धार

Jasus Khabar 3962+ समाचार ( )
८ अशोज २०८२

चितवनको भरतपुरस्थित नारायणी नदीको पुलबाट हाम फालेका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ।

बुधबार बिहान करिब ११ बजे पुलचोकस्थित पुलबाट नदीमा हाम फालेका उनलाई तत्कालै प्रहरी टोलीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको हो।

वडा प्रहरी कार्यालय नारायणगढका अनुसार पुलबाट मानिसले हाम फालेको सूचना पाउनासाथ विपद् व्यवस्थापन सहितको प्रहरी टोली घटनास्थलमा खटाइएको थियो। टोलीले तत्कालै नदीबाट ती व्यक्तिलाई बाहिर निकालेर उपचारका लागि भरतपुर अस्पताल पठाएको हो।

उद्धार गरिएका व्यक्तिको पहिचान र उनले पुलबाट हाम फाल्नुको कारण भने खुल्न सकेको छैन।

प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया