सुनसरी - हरिनगर गाउँपालिका वडा नं - १ बनेको नवनिर्वित ५ बक्ति मस्जिदको उदघाटन भएको छ। >
चपडाही मस्जिद पहिलो नवनिर्मित मस्जिदको आज एक कार्यक्रमको बिच उदघाटन गरिएको हो।चपडाही मस्जिद पहिलो नवनिर्मित मस्जिदको अजान मोलना मोलन समिन अन्सारीले दिइएका थिए। त्यस पश्चात सबै सून्त नमाज पढेका थिए सबैले सून्त नमाज अदा गरि सके पश्चात भोक्राहा नरसिंह गाउँपालिकाका मोलाना अब्दुल्लाह अन्सारीले नमाज पढाएका थिए। >
गाउँका सम्पूर्ण साना ठूला जहरको नमाज पढे त्यस पश्चात हाफिज वसिमले तिलावत गरे गाउँमा सुविधा सम्पन्न दुई तल्ले मस्जिद बने सँगै गाउँको सम्पूर्ण बासिहरु अनुहारमा छुट्टै खुस्याली छाएको देखियो>
गाउँलेहरुले खुस्यालु सँगै कुवेत बाट हस्तान्तरण गरेको डोनरलाई समेत धन्यवाद व्यक्त गरे।>
मस्जिदमा दिनभरि ५ पटक अनिवार्य रूपमा नमाज पढिन्छ।सामूहिक नमाज पढ्न मस्जिद बनाइन्छ। यी पाँचवटा नमाजको नाम र समय यस प्रकार छन्:>
1. फज्र (Fajr) – बिहान सूर्योदय हुनुभन्दा अघि पढिन्छ।>
2. जोहर (Dhuhr) – मध्यान्ह, सूर्य ठाडो भएर केही ढल्किएपछि पढिन्छ।>
3. असर (Asr) – अपराह्न (बेलुकी पर्नुअघि) पढिन्छ।>
4. मगरिब (Maghrib) – सूर्यास्त भएलगत्तै पढिन्छ।>
5. इशा (Isha) – राति, अन्धकार भएपछि पढिन्छ।>
यी पाँचवटा नमाज इस्लाममा अनिवार्य मानिन्छन् र मस्जिदमा सामूहिक रूपमा पढ्नुलाई बढी पुण्यदायी मानिन्छ।>
चपडाही नवनिर्मित मस्जिद कार्यक्रममा हरिनगर गाउँपालिका अध्यक्ष हाजि गफार अन्सारी लस्करी अन्सारी भोक्राहा नरसिंह गाउँपालिकाका मोलाना अब्दुल्लाह पूर्व वडा अध्यक्ष लतिफ अन्सारी मोलाना सब्बिर अन्सारी मोलाना सम्शेर अन्सारी मोलाना तब्रेज अन्सारी मोलाना समसाद अन्सारी लगायतका मोलाना अथितिहरुको सहभागि थियो। >>