कलाकार दीपकराज गिरीले गायिकद्वय एलिना चौहान र समिक्षा अधिकारीको अभियानको प्रशंसा गरेका छन्।>
आफ्नो बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूको तस्बिर, नाम र फेसबुक आइडी सार्वजनिक गरिरहेका चौहान र अधिकारीको यो अभियानलाई साथ दिँदै दीपकले उनीहरूको प्रशंसा गरेका हुन्। >
दीपकले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै यो अभियानका लागि शुभकामना समेत व्यक्त गरेका छन्। >
उनीहरूको यो अभियानले राम्रो सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा गालीगलौज गर्ने, अश्लील कमेन्ट गर्नेविरुद्ध एकजुट भएर सामना गर्नुपर्ने पनि दीपकले बताएका छन्।>
>
यस्तो उनको स्टाटस:>
यी दुइटै गायिका मलाई मन पर्ने गायिका हुन् !>
त्यो मध्य पनि समिक्षाको त म गायकी को मात्रै होइन सुरुदेखि उनको साहसको पनि प्रशसक हूँ! >
सानो उमेरमा नै उनि माथि जुन बज्रपात पर्यो त्यो ठॉउमा जो कोही भएपनि टिक्न सक्दैनथ्यो होला तर >
उनले परिस्थिति संग घूंडा टेकिनन् र लड्दै आइन् >
त्यस्कै फलस्वरूप आज यहाँ पुगिन्!>
सामाजिक संजाल कस्तो छ? >
आफूले समाजको लागि ,परिवारको लागि राष्ट्रको लागि दुइ कौडिको काम नगर्ने , तर जो काम गर्नेहरू छन् तिनिहरू लाइ नैतिकता सिकाउने, गालि गलौच गर्ने , तं यस्तो, त उस्तो भनेर अभद्रता देखाउने , चरित्र माथि औला उठाउने ! यस्तै चलिआएको छ …..>
पैसा कमाएकाहरू सबै भ्रष्टाचारी, नाम कमाएका कलाकार ,पेशाकर्मी सबै नैतिकताहिन , चरित्र खराव,>
देशमा सबै अज्ञानि आफू मात्रै साधु सन्त ज्ञानि ….>
आफूले समाज र राष्ट्रको लागि सिन्को नभॉच्ने >
देशै खतम, नेतै खतम,केहि गर्न सकिन्न यॉहा भन्ने ! >
जतिबेला फ्रष्टेटेड कुरा गर्ने , अनि गॉउ देखि आएर संघर्ष गरेर , भोकभोकै बसेर हिम्मत नहारेर आफूलाइ स्थापित गरेकाहरूलाइ चाहि गाली गलौच गर्यो अनेकथरि लान्छना लगायो बस्यो! >
यो ठॉउमा जस्ले जति गालि गर्न सक्यो त्यो हिरो >
चूपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहि खलनायक? >
ब्यक्तिगत जीवनमा कस्को तलमाथि हुन्न? >
को चाहन्छ खराब होस , तर भैदिन सक्छ कहिलेकाहि!>
को छ यहॉ कमजोरी बिहिन मान्छे ? >
एउटै पेशामा भएका प्रतिष्पर्धीहरूकै संग्लग्नतामा पनि यस्ता गालि किन्ने र बेच्ने काम भैरहेको अबस्था छ !>
आफ्ना प्रतिष्पर्धीलाइ कामले जित्न सकिन्न गालि गरेर भएपनि हतोत्साहित बनाउनुपर्छ भन्ने छ! >
यस्ता उत्श्रृखलता बिरूद्द साइवरमा गयो कानून नै कमजोर, ठूला नेतालाइ गालि गर्यो भने समातेर तु कारबाहि सूरू गरिहाल्ने तर अन्य मानिशहरूलाइ गरिएको गालि गलौचको त रिपोर्ट भए पनि कस्ले सुन्ने? सुने पनि बर्षौ लाग्ने, त्यसकै पछि लागिरहने फूर्सद कॉहा पाउनु फेरि ?>
यस्तो जटिल परिस्थितिमा, आफू माथि खनिने त्यस्ता सामाजिक संजालका फूर्सदिला गालि सम्राटहरू लाइ >
>
तिमिहरूले सामाजिक संजालमै उनीहरूका हर्कत उदॉगो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनीय छ ! दूबै जनालाइ शुभकामना ! जय नेपाल !>>