भारतीय लडाकु विमान हरियाणामा खस्यो

Jasus Khabar 3942+ समाचार ( )
२४ फाल्गुन २०८१

भारतीय वायुसेनाको जगुआर लडाकु विमान शुक्रबार हरियाणाको पञ्चकुलामा दुर्घटनाग्रस्त भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विमान अम्बाला एयरबेसबाट प्रशिक्षण उडानका लागि उडेको थियो । विमान दुर्घटना हुँदै गर्दा पाइलट भने प्यारासुटको मद्दतले पहिले नै सुरक्षित निक्लिन सफल भए ।

भारतीय वायुसेनाका अधिकारीले घटनाको अनुसन्धान गर्न आदेश दिइएको बताएका छन् । लडाकु विमान मोर्नीको पहाडी क्षेत्रको बलदवाला गाउँनजिकै खसेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार